‘नेपालीलाई शरणार्थी बनाउँदा देशको इज्जत र गौरव लोप भयाे’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

कैलाली । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीलाई शरणार्थी बनाउँदा देशको इज्जत गएको टिप्पणी गरेका छन् ।

धनगढीमा नागरिक अभिनन्दन समारोहमा बाेल्दै पूर्वराजा शाहले नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन् त्यसबाट हाम्रो इज्जत र गौरव सबै लोप भएर गएकाे बताए ।

नेपालीहरूको श्रम र सीप खोसिँदै गएको उल्लेख गर्दै उनले यस्तो देख्दा हाम्रो आँखा रसाउँदै गएकाे बताए । देशभित्रै बसौं भन्ने भावना हराउँदै गएको भन्दै उनले साधे, ‘के नयाँ नेपाल भनेको यही हो ?

पूर्वराजा शाहले विकास र प्रविधिको युग भएको र आफ्नै श्रम र साधनले मुलुकको उन्नति सम्भव हुने टिप्पणी गरे । उनले भने, ‘सोचौं, गहिरिएर सोचौं । अझै दिलैदेखि सोचौं । नेपाली भएर सोचौं । नेपाल आमाको हावापानी, माटो र मुटुलाई छोएर सोचौं । देशभन्दा ठूलो केही हुँदैन ।’

पूर्वराजाले वर्तमान राजनैतिक परिपाटीले देशको हित नहुने सङ्केत गरेका थिए । राष्ट्रिय सोच र राष्ट्रिय चिन्तन कम भएकोप्रति उनले चिन्ता व्यक्त गरे ।