श्रीच्छा प्रधानले जितिन् ‘मिस नेपाल २०२३’को उपाधि

NewsBankNepal Banner Headline with Image , Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन्।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएकाे मिस नेपालको फिनालेमा २४ प्रतिस्पर्धिलाई उछिन्दै काठमाडौँकी २३ वर्षीया प्रधानले मिस नेपाल वर्ल्ड–२०२३ उपाधि उचालेकी हुन्।

उनलाई मिस नेपाल प्रियंका रानी श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिर्‍याइन्।
यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन्।