काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् ।
शनिबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्री प्रचण्डले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्रनधिकार पशुपति विकास कोसको भएको र यसमा कुनै विवाद नभएको बताए ।
माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधामन्त्रीले शनिबार संसदमा स्पष्टीकरण दिएका हुन् ।जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै उनले यसमा सरकारको सहयोग रहने बताए ।
जेठ १० मा माओवादी सांसद लेखनाथ दाहालले ओली प्रधानमन्त्री हुँदा भ्रष्टाचारका काण्डहरु भएको अाराेप लगाएका थिए ।
प्रमुख प्रतिपक्षी दलका नेतामाथि पशुपतिमा सुनको जलहरी भनेर पित्तल टाँसेर आरोपित गरेको भन्दै माफी माग्नुपर्ने अडान राखे । शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि संसदको अवरोध हटेको छ ।