रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट दायर

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शारदा कडायतले दायर गरेकाे रिटमा राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएकी छन् । रिटमाथि बुधबार पेशी तोकिएको छ ।

चौधरी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत डोटीले नै सुनाएको जन्मकैदको फैसला सदर गरे गरेकाे अवस्थामा क्रूरतापूर्वक हत्या भएको घटनामा आममाफी दिनु गलत हुने उनको दाबी छ ।
कडायत टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् । उनले चौधरीलाई आममाफी दिने प्रक्रिया अघि बढेपछि राष्ट्रपति कार्यालयमा समेत निवेदन दिएकी थिइन् ।