नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग हार व्यहोरेको छ ।हरारे स्पोर्टस् क्लबमा आईतबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो ।
नेपालले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बावेले ४४ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
जिम्बावेको जितमा कप्तान समेत रहेका ओपनर क्रेग ईव्रानले अविजित १ सय २१ रनको शतकीय ईनिङ खेले ।
उनले १ सय २८ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय २१ रन बनाएका हुन् । ३७ वर्षिय क्रेगले आफ्नो चौथो शतक १ सय ११ बलमा पूरा गरेका थिए ।
तेस्रो विकेटका लागि क्रगले सेन विलियम्ससँग मिलेर १ सय २५ बलमा १ सय ६४ रनको विजयी साझेदारी गरे ।
सेन विलियम्सले ७० बलमा १३ चौका र १ छक्काको सहयोगमा अविजित १ सय २ रनको शतकीय ईनिङ खेले ।
विस्ली माधिवेरीले ३८ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाए । ओपनर जोयलर्ड गुम्बिले २९ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए ।
कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारी गरेका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय ईनिङ खेले । कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए ।
कुशल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध पहिलो शतक बनाउन मात्र १ रनले चुकेका थिए ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।
गुलसन झाले १३ बलमा १३ रन बनाए । आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए । नेपालले अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।
जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १र१ विकेट आफ्नो नाम गरे ।
जितसँगै जिम्बावे २ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहेको छ । हारसँगै नेपाल समूह ए को दोस्रो स्थानमा रहेको छ ।