समाजवादी मोर्चाको घोषणा हुँदै,काे-काे समेटिदै ?

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि


काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आज समाजवादी मोर्चाको घोषणा हुदैँछ । राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममार्फत माेर्चाकाे औपचारिक घोषणा हुने जनाइएकाे छ । 

समाजवादी माेर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा आबद्ध हुनेछन् ।

आज घाेषणा हुन लागेकाे साे माेर्चालाई नेकपा एमाले अर्काे गुटकाे संज्ञा दिएकाे छ ।याे केबल सत्ता र शत्तिकाे लागि बार्गेनिङ गर्ने समूह भएकाे एमाले अध्यक्ष ओलीकाे टिप्पणी छ । सत्तामा रहेकाे प्रमुख दल नेपाली कांग्रेस पनि उक्त समूहप्रति सशंकित बनेकाे छ ।