नागरिकता ऐन अब कार्यान्वयनमा आउने, माइतीघरमा नागरिकताविहीनहरुको खुशियाली

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । सर्वोच्च अदालतले बिहीबार नागरिकता विधेयक कार्यान्वयनका लागि बाटो खुला गरिदिएपछि नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा खुशियाली मनाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएपछि नागरिकताविहीनहरुले खुशियाली मनाएका हुन् ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकमा जन्मका आधारमा नागरिकता लिएका नेपालीको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ ।

बिहीबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि नागरिकताविहीनहरुले खुशियाली मनाएका हुन् ।

उक्त विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले जेठ २२ मा विधेयक कार्यान्वयनका लागि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

नागरिकता नपाउँदा उनीहरुले विदेश जान, उच्च शिक्षा अध्ययन गर्न, बैंकमा खाता खोल्न पनि पाएका थिएनन् ।