काठमाडौँ । गएराती गोरखाको सहिद लखन गाउँपालिका ३ को चिलिङकोट स्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा ४ पुरुस सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार । घाइते १२ जनालाई उपचारका लागी आबुखैरेनी अस्पताल पुर्याइएको छ ।
बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको जिप दुर्घटनामा परेको बताइएको छ । ‘बेहुलीको घरदेखि करिब ४ सय मिटर पर गाडी दुर्घटना भएको प्रजिअ भुसालले बताए । गाडीमा १९–२० जना सवार रहेको र २ जना सकुसल रहेको प्रारँिभक जानकारी आएको छ ।
प्रदेश नंं ३ को ०१–०२३ च ४४२७ नम्बरको टाटा जिप दुर्घटना भएको हो ।

