ओखलढुङ्गामा पहिरोमा पुरिएर एकै घरका चारजनाको मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि


ओखलढुङ्गा । ओखलढुङ्गामा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको छ। 
जिल्ला प्रहरी कार्यालयका अनुसार चम्पादेवी गाउँपालिका– ८ मा राति ११ बजेको समयमा पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 सो घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्धार सुरु गरेका थिए ।