डा. मन्सुरद्वारा सञ्चालित एफडीएच क्लिनिकमा महानगरकाे ताला

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , १ वर्ष अगाडि

 
काठमाडाैं । मापदण्ड विपरीत क्लिनिक सञ्चालनमा भइरहेको पाइएपछि काठमाडौं महानगरपालिकाले मैतीदेवीमा सञ्चालित एफडीएच क्लिनिक बन्द गराएको छ ।

डा. मन्सुरले एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको यस क्लिनिकले खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो ।

ती रोगहरू निको बनाउने नाममा ‘लो कार्ब डाइट’ सञ्चालन गरिरहेको क्लिनिक मापदण्ड अनुसार सञ्चालन नभएको पाइएपछि सिल गरिएको महानगरपालिकाको स्वास्थ्य सेवा प्रमुख रामप्रसाद  पौडेलले जानकारी दिए । 
‘लो कार्ब डाइट’ ले विभिन्न किसिमका समस्या देखा परेकाे भन्दै त्यहाँ उपचार गराइराखेका विरामीहरुले केहीदिन अघि विभिन्न संचारमाध्यममा गएर आफूहरूले भाेग्नु परेकाे समस्याकाे बारेमा जानकारी गराएका थिए ।