आलोपालो नेतृत्वको टुंगो

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि


काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै छ । नेकपा एकीकृत समाजवादी को केन्द्रीय कार्यालय, अलोकनगरमा अपराह्न ४ बजे बस्ने बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा ९एकीकृत समाजवादी० का नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
साथै मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने खतिवडाले बताए ।मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी० र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् ।
मोर्चाको परिकल्पनाकार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई बाहिर राखेर यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो। उपेन्द्र यादवका कारण भट्टराई मोर्चामा नअटाएको भन्ने राजनीतिक वृत्तमा चर्चापरिचर्चा छ ।