प्रहरी जवानलाई नै हातखुट्टा बाँधेर यातना!

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

सिराह। जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्र अभियुक्तलाई झैं हतकडी लगाएर यातना दिएको भिडियो सार्वजनिक भएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका-८ फुलहट्टाका प्रहरी जवान अनु रायलाई सिरहा बजारबाट साँझ नियन्त्रण लिएर कार्यालयभित्रै हतकडी लगाउनुका साथै हातखुट्टा १२ घण्टासम्म यातना दिइएको राखिएको थियो ।

भिडियोमा प्रहरी जवान रायले पटकपटक ‘यस्तो यातना नदिनु न सर’ भनेको सुनिन्छ साथै रायले प्रतिकार गर्दै मैले मदिरा सेवन गरेको छैन भनेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी रविन्द्रराज पाण्डेले भने प्रहरी जवान रायलाई यातना नदिएको दाबी गरेका छन् । यातना दिएको होइन ।’ घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले छानबिन गरिरहेको छ ।