मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० संशोधनसहित पास गरेको हो ।

कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्मा पेश गरेको विधेयक बहुमतले पारित भएको हो। 

सरकारले मिटरब्याज समस्या समाधान गर्नका लागि  वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो। मन्त्रिपरिषद् बैठकले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सो अध्यादेश जारी गरेका थिए।

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउने गरी ल्याइएको विधेयक २४ वैशाखमा संघीय संसदका दुवै सदनमा पेश भएको थियो। सो विधेयक ५ जेठमा स्वीकृत भएको थियो।

६० दिन (२० असार) भित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले ५ असारमा राष्ट्रिय सभामा पेश गरेको थियो । राष्ट्रिय सभाले १५ असारमा विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको थियो।

विधेयकमाथि १७ असारमा सैद्धान्तिक छलफल भएको थियो। त्यसपछि २० असारमा पारित गर्न कार्यसूचीमा राखेको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित  रास्वपा र राप्रपाले बैठक अवरुद्ध गर्दा विधेयक पारित हुन सकेन र निष्क्रिय भएको थियो।