लुम्बिनी प्रदेशका पूर्वकृषिमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि एमाले नेतासमेत रहेका यादवमाथि मुद्दा दर्ता भएको थियो । 

मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीका प्रहरी प्रवक्ता एवं डीएसपी श्यामू अर्यालका अनुसार बाँकेको डुडुवा गाउँपालिका होलियाबाट प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो ।

२०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए । पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो ।जसपाले कारबाही गरेपछि भने उनी गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए । कान्तिपुरमा खबर छ ।