काठमाण्डौ, २ श्राबण । गायक प्रतापदास र गायीका अनु चौधरीको स्वरमा नयाँ गितको म्यूजिक भिडियो सार्बजनीक भएको छ । भन तिमि के माग्छौ बोलको म्यूजिक भिडियोलाई यूनिक क्रियसनले हिजो सार्बजनिक गरेको हो ।
चन्द्र जोसी र कल्पना खड्काको बेजोड अभिनय रहेको गितको शब्द गोबिन्द कुइकेलले लेखेका हुन भने सँगित डिबी लामाले भरेका छन ।
नारायण मगरको निर्देशनमा बनेको म्यूजिक भिडीयोलाई सन्जय अधिकारीले सँम्पादन गरेका हुन । शाहस शाक्यको एरेन्जमा दिल समर्पपर्ण र राजाबाबु चौधरीले रेकर्ड गरेको गितको मिक्सिङ प्रकास मिश्रले गरेका हुन ।
भिजन नेपाल फिल्मले निर्माण गरेको म्यूजिक भिडीयो अकाउष्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको थियो ।

