क्वीन्टल सुन तस्करीको आरोपमा पक्राउ पर्ने १६ जना पुगे, सुन मालिकको पत्तो छैन

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , १ वर्ष अगाडि

काठमाण्डौ, ७ श्राबण । सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको विशेष टोलीले आज थप ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट छन । पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवँ जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरु यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा छन । यी तीन जना एजेन्ट सुन भन्सार पास गराउन संलग्न रहेको आरोप विभागको छ ।
विभागले गत मंगलबार सुन तस्करीका बिचौलिया राजेन्द्र राई र ट्याक्सी चलक अशोक लामालाई भन्सार कार्गो गेटबाट सुनसहित पक्राउ गरेको थियो । सोहि रात सुन आयात गर्ने कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दीलिप भुजेल पक्राउ परेका थिए भने सुन तस्करीका लागि कम्पनी खोल्न सघाउने उनका मामा रामकुमार भुजेललाई पनि विभागले पक्राउ गरेको थियो । राई मामा भान्जाको सहयोगमा विभागले उनीहरुलाई कम्पनी खोल्न सहजीकरण गरेका हर्कराज राई र तिब्बतीयनमूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामालाई पनि नियन्त्रणमा लिएको थियो ।
सुन तस्करीमा संलग्न खोज्ने क्रममा विभागले बिहीबार नेपालमा सुन आयात गरेर वितरणमा संलग्न चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीनलाई पक्राउ परेको थियो । उनी सुन तस्करीका नेपालका नाइके रहेको अनुमान गरिएको छ ।
यस्तै सुन आयात गर्ने कम्पनीको सामान आयात गर्ने कार्गो कम्पनीका ३ जना सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्टलाई विभागले शुक्रबार नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा हाल सम्म १६ जना पक्राउ परेपनि सुनको वास्तबिक मालिक को हो र यसमा उच्च पदस्थ नेता ब्यापारी वा कर्मचारी क कस्को हात सँलग्नता छ भन्ने अझै अन्योलता रहेको छ ।