काठमाण्डौ, ८ साउन । ‘बिकास निर्माणका कार्यमा दलीय भागबण्डा गर्ने तथा खुट्टा तान्ने प्रबृतीले समाजको रुपान्तरण तथा बिकास हुँदैन । राजनैतिक कुरा वा बादमा मतभेद रहेपनि गाउँ समाज र नगरको बिकासका लागी सबै समुह, दल, वा बर्गको समन्वय र सहकार्य हुनु पर्छ । उक्त कुरा कागेश्वरी मनोहरा नगर पालिकाका प्रमुख उपेन्द्र कार्कीले बताउनु भएको हो ।
बागमती प्रदेस सरकार, कृषी तथा पशुपँछी बिकास मन्त्रालय हेटौडाको उत्पादनमा आधारीत दुधमा अनुदान बितरण तथा कागेश्वरी दुग्ध उत्पादन सहकारी सँस्थाको नब निर्मित भबन उद्घाटन कार्यक्रमलाई सँम्बोधन गर्दै नगर प्रमुख कार्कीले अगाडी भन्नु भयो ‘समाजका समस्या समाधान गर्नकालागी सबैले मिलेर काम नै गर्नुपर्छ । साझ मुद्धामा मिलेर काम गरौ बिकासमा राजनिति नगरौ अन्यथा आदर्शका कुराले मात्रै समस्या समाधान हुँदैन ।’
कागेश्वरी दुग्ध उत्पादन सहकारीलाई नगरकै नमुना र गर्भ गर्न लायक सँस्था भएको बताउँदै नगर प्रमुख कार्कीले किसानको प्रोत्साहनका लागी नगर पालिकाले हरेक वडामा किसान कार्ड बितरण गरेको, १ नँ वडामा बाख्रा पालनका लगी १० वटा कृषक समुह लाई ७५ प्रतिशत अनुदान उपलब्ध गराएको तथा एक सहकारी एक उधम्शिलता कार्यक्रम अगाडी बढाएको जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा बागमति प्रदेशका पुर्ब भौतिक पुर्बाधार मन्त्री तथा सँबिधान सभाका सदस्य रामेश्वर फुँयालले गरे सँम्भब छ भन्ने उदाहरण कागेश्वरी दुग्ध उत्पादन सहकारीले दिएको बताउँदै यसले गागलफेदीको अबस्था बदलेको बताउनु भयो ।
वास्तबिक किसानलाई बोलाएर उनिहरुका समस्याका बारेमा अन्तरक्रिया गर्न र समस्या पहिचान गरी समाधान गर्न फुँयालले नगर प्रमुख कार्कीलाई आग्रह समेत गर्नु भएको थियो ।
जहाँ पुगे पनि खाने दाल भात नै हो र उब्जाउने किसानले नै हो भन्दै नगर पालिकका उप -प्रमुख शान्ता थापाले किसान हुँ भन्नलाई नहिचकिचाउन र गर्बगर्न कृषकहरुलाई आग्रह गर्नु भएको थियो ।
सँस्थाका सभापति रबिशरण थापाको अध्यक्षतामा सँम्पन्न कार्यक्रममा गत बर्ष ९८ जना किसानबाट सँकलित २ लाख १३ हजार ५ सय २५ लिटर दुधको अनुदान रकम प्रति लिटर ३ रुपयाँ ५६ पैसाको दरले हुने ७ लाख ६० हजार ९ सय ६० रुपयाँ बितरण गरीएको थियो ।
सँस्थाका सचिब राज कुमार चौलागाँइले स्वागत गरेको कार्यक्रमलाई १ नँ वडाका वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका बासुदेब नाथ, सहकारी शाखा प्रमुख अनिता तमाङ, अखिल नेपाल किसान महासँघका केन्द्रिय सदस्य तथा काठमाण्डौ इन्चार्ज पुष्कर प्याकुरेल लगायतले सँबोधन गरेका थिए ।