दोहा, ९ साउन । गैर आवासीय नेपाली सँघ राष्ट्रिय समन्यव परिषद कतार यतिबेला चुनाबि सरगर्मीले धपक्कै बलेको छ । २०२३ – २५ कार्यकालका लागी नेपालको समय अनुसार आगामि बिहिबार बिहान १० बजे देखी शुक्रबार राती १२ बजे सम्म स्मार्ट एनआरएनए एप मार्फत हुने मतदानका लागी ३ अध्यक्षका प्रत्यासी सहित ८२ जना चुनाबि मैदानमा होमिएका छन भने अन्तिम नामावलि प्रकासन गर्दा २ जना निर्बिरोध निर्बाचित भएका छन ।
निर्बिरोध निर्बाचित हुनेमा महिला सँयोजक सुष्मा खतिवडा कटुवाल तथा युवा सँयोजक महेन्द्र सिह तमाङ रहेको निर्वाचन सँयोजक क्रान्ति सिँहले जानकारी दिनु भएको छ ।
सिँहका अनुसार ६ पदको अन्तराष्ट्रिय समन्वय समितीमा ९ जनाको उम्मेद्धवारी परेको छ । जसमा नारायण प्रसाद ढुँगाना, मिनराज वाग्ले, हैदर अलि अन्सारी, दुर्गा प्रसाद प्याकुरेल, बिक्रम कार्की, तेज कटुकाल, प्रेम बहादुर चलाउने, दिप जङ शाह तथा श्री कृष्ण भट्टराई छन ।
पदम गिरी, रमेश भट्ट, तथा जैबी राईले अध्यक्ष पदकालागी भिडन्त गदैछन भने प्रथम उपाध्यक्षका लागी बिनोद प्रसाद बस्यौला, जय प्रकाश यादब तथा कृष्ण पन्थी मैदानमा छन । त्यसैगरी द्धितिय उपाध्यक्षमा केशब राज कार्की, रोशन गिरी र सोमुयल सुनुवार भिड्दैछन भने तृतिय उपाध्यक्षका लागी सन्दिप कुमार भट्टराई र खड्ग बहादुर फागो मैदानमा छन ।
महिला उपाध्यक्षका लागी राम कुमारी तमाङ र नानु घले ब्लोनको प्रतिस्पर्धा छ । त्यसैगरी युवा उपाध्यक्षमा डेग बहादुर भारती (सुमन) तथा सुवास बहादुर थापा, महा सचिबमा रबिन मगर र दिल कुमार श्रेष्ठ भिड्दैछन भने ३ पदको सचिबमा ७ जनाको मनोनयन दर्ता भएको छ । जसमा अगन्धर देबकोटा (अग्नी) एकराज कटुवाल, ओम बहादुर क्षत्री (सन्तोष), रोशन अर्याल, सुरज शर्मा अधिकारी, गणेश बहादुर कार्की तथा शेख अब्दुल खालिफ छन ।
कोषाध्यक्षका लागी सुदर्शन भण्डारी, बुद्ध बहादुर पाण्डे तथा सन्तोष रेग्मी र सह कोषाध्यक्षकालागी पदम बहादुर रानाभाट, झबिन्द्र आचार्य र नन्द किशोर पोखरेलले मनोनयन दर्ता गराएका छन ।
१९ कार्यसमिती सदस्यका लागी ३८ जनाको मनोनयन भएको छ भने लेखा समिती सँयोजक कबिन्द्र कँडेल र थम कुमार गिरी तथा लेखा समिती सदस्यमा तोयानाथ पौडेल, बिकास लामा र गिरीराज दुवाडीले प्रतिष्पर्धा गर्दैछन ।