ललिता निवास प्रकरणमा विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , १ वर्ष अगाडि

काठमाण्डौ, २२ साउन । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणकाे अनुसन्धानलाई गम्भिर ढंगले अगाडि बढाइएकाे छ ।

यसअघि साे प्रकरणमा मुछिएका कर्मचारीमाथि छानविन र अनुसन्धान गर्दै अाएकाे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निर्णय कर्तामाथि पनि अनुसन्धानलाई अगाडि बढाएकाे छ ।

साेही अनुरुप प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे स्राेतले जनाएकाे छ ।