काठमाण्डौ, २२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन आगामी असोज ३० देखी कार्तिक ३ गते अर्थात आगामी अक्टोबर १७ देखी २० तारिक सम्म ४ दिन काठमाण्डौमा हुने भएको । हिजो बसेको पदाधिकारी बैठकले उक्त मितिमा महाधिबेसन सँगै युवा बिज्ञ सम्मेलन समेत गर्ने औपचारीक निर्णय गरेको उपाध्यक्ष नरेन्द्र भाटले जानकारी दिनु भएको छ ।
बैठकले शेष घले पक्षसँग गत जुन महिनामा भएको सहमतिलाई अगामी १२ अगष्टमा हुने विशेष अधिवेसनबाट अनुमोदन गर्ने निर्णय गरेको छ । यस्तै गत हप्ता गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभामा अध्यक्ष रविना थापा लगायत संघका केन्द्रीय पदाधिकारीहरुमाथि भएको अपमानजनक व्यवहारको निन्दा गर्दै निवर्तमान कार्यसमितिलाई पत्र मार्फत सचेत गराउने निर्णय गरेको छ ।
उक्त बैठकले अगामी महाधिवेशनको लागि उम्मेदवारी शुल्कमा समेत ब्यापक कटौती गरेको छ । जस अनुसार युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ प्रतिशत र अध्यक्षसहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय गरेको हो ।
यसअघि अध्यक्ष पदको लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क भएका कारणले संघको आलोचना हुँदै आएको थियो । बैठकले संघको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको दर्ता अगष्ट १० देखि २५ तारिखसम्म खुल्ला गर्ने समेत निर्णय गरेको छ ।