नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड कसरी हरायो?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । नेपाल टेलिकमकाे २० हजार थान रिचार्ज कार्ड हराएकाे छ । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड काठमाडौंबाट भैरहवा पठाउने क्रममा हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।

निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध गरेको छ ।

सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको भन्दै निर्देशनालयले ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि अनुरोध गरेको छ ।