काठमाडाैं । कपनमा खहरे खोला खाेल्ने विषयमा काठमाडौं महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । स्थानीयसँग समन्वय नगरी महानगरपालिकाले कपन हुँदै बगेको खहरे खोला खन्न गएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
साथै अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै महानगरपालिकाको डोजर त्यहा पुगेपछि तनाव भएको हाे ।काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको साततले चोक नजिकैको खोला मिचेर घर बनाइएकाे भन्दै त्याे हटाउन नगरप्रहरीकाे बल दलसहित डाेजर त्यहाँ पुगेकाे थियाे । सामाखुसी खोला जसरी नै कपनकाे खहरे खोला खोल्ने महानगरकाे योजना छ।