कठमाण्डौ, २५ साउन । प्रतिनिधि सभा सदस्य तथा काठमाण्डौ मेडिकल कलेज एबँ नोबेल मेडिकल कलेजका सँचालक माननिय डा.सुनिल शर्मालाई केन्द्रिय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ । सत्तारुढ दल काँग्रेसका नेता समेत रहेका साँसद शर्मालाई नक्कली शैक्षिक प्रमाण पत्र किर्ते गरेको अभियमेगमा पक्राउ गरेको हो । मोरङ क्षेत्र नँम्बर ३ बाट निर्बाचित साँसद शर्मालाई काठमाण्डौको टोखाबाट पक्रउ गरी लाजिम्पाट स्थित नेपाल ट्रष्टको भबनमा रहेको सिआइबिको हिरासतमा राखिएको छ ।
सिआइबीले सभामुखलाइ दिएको जानकारी अनुसार उनको कक्षा १२को शैक्षिक प्रमाणपत्र नक्कली रहेको छ । पत्रमा भनिएको छ
‘उपरोक्त सम्बन्धमा कतिपय चिकित्सकहरुले भारतीय नक्कली प्रमाण पत्रहरु पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा संचालन गर्ने दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भएको पाइएकोले कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको र यसै गरी शैक्षिक प्रमाणपत्र प्रमाण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, सानो ठिमी, भक्तपुरको च नं १ मिति २०७९/०४/०५ गतेको पत्रबाट १९९६ सालमा Roll Code 6504, Roll No. 10117, तहको सुनिल कुमार शर्माको कैफियतमा अपुष्टित (Not Verified) भनी लेखी आएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नु पर्ने भएकोले उक्त कसूरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष तर्फको निर्वाचित सांसद सुनिल कुमार शर्मा पक्राउ परेका, फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ परेका निज सुनिल कुमार शर्मा जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली काँग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधि सभाको सदस्य निज सुनिल कुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको ब्यहोरा सादर अनुरोध गरिएको छ ।’