नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका शर्मा थुनामुक्त

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , १ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा थुनामुक्त भएका छन्। सिआईबीको हिरासतमा रहेका सांसद शर्मा जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएपछि शुक्रबार साँझ थुनामुक्त भएका हुन्।

शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद शर्मालाई बिहीबार बिहान पक्राउ गरेको थियो ।  न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दियो ।

थुनामुक्त भएपछि सांसद शर्माले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। उनले तत्काल राजीनामा नदिए सरकार ढल्ने चेतावनीसमेत दिएका हुन्।

सुन तस्करी प्रकरणका संरक्षकहरूलाई कारबाही गर्ने आवाज उठाएपछि प्रधानमन्त्रीकै निर्देशनमा आफू पक्राउ परेको उनको भनाइ छ। उनले कांग्रेस नेताहरूलाई पनि गठबन्धनबारे पुनर्विचार गर्न आग्रह गरे। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाँण भगौडा नभएको भन्दै उनलाई बाहिरबाटै कानुनी लडाइ लड्न दिनुपर्ने बताए।