राजनीतिक उपलब्धिविरुद्व षड्यन्त्र भइरहेको छ : पूर्वप्रधानमन्त्री खनाल

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा गरिबी पछौटेपनको अन्त्य गरी विकास तथा समृद्धि कायम गर्न कम्युनिस्ट पार्टीको स्थापना भएको बताउनुभएको छ ।

पार्टी निकट समाजवादी खेलकुद महासङ्घको केन्द्रीय भेला तथा बैठकको उद्घाटन गर्दै नेता खनालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी उनीहरूको सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थिरता कायम गर्नुपर्ने बताउनुभयो । कम्युनिस्ट सिद्धान्तमा वैज्ञानिक समाजवादको मार्गदर्शन रहेकाले वामपन्थी शक्ति संवेदनशील हुनुपर्ने बताउँदै उहाँले विश्वका धेरै मुलुकमा अहिले कम्युनिस्ट सिद्धान्त लोकप्रिय बन्दै गएकाले समाजवादी व्यवस्था कार्यान्वयनमा सहजता आएको विचार व्यक्त गर्नुभयो ।

सामाजिक न्याय तथा सुशासन कायम हुन नसकेकाले बेथिति बढेको बताउँदै उहाँले प्रगतिको बाधक तत्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्न सबै दलको साझा दृष्टिकोणको खाँचो औँल्याउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन समाजवादको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

मुलुकमा सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न समाजवादी अर्थ व्यवस्था महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । नेता खनालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताउनुभयो । लामो जनसङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिविरुद्व षड्यन्त्र भइरहेकाले समाजवादी मोर्चा निर्माण भएको उहाँले बताउनुभयो । मोर्चा कसैलाई एक्ल्याउनका लागि नभएको उहाँको भनाइ थियो ।