“बालुवाटार जग्गा प्रकरणमा कुनै बदमासी गरेको छैन,छानबिनमा सहयोग गर्छु”

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् ।  

सोमबार युरोपेली देशहरूको भ्रमण छोट्याएर स्वदेश फर्किएका नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनसायले सात रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको र कसैलाई मुआब्जा नदिएर कानुनसम्मत ढंगले छुट्याएर काम गरेको बताए ।  

त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयोभन्दा सम्भवतः मेरो नाम अग्रपंतिमा आउनेछ । केही बदमासी भएको छ भने छानबिन होस् । मेरो सहयोगी भुमिका रहनेछ । तर मैले नितान्त असल मनसायले काम गरेको हुँ ।

उनले भने, ‘कुनै बदमासी गरेको छैन, अपराध, भ्रष्टाचार, लेनदेन गरेको छैन, त्यसैले म आत्तिएको छैन, तर चित्त दुखेको छ ।