केशव स्थापित एमालेबाट अलग

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लेका केन्द्रीय सदस्य केशव स्थापित पार्टीबाट अलग भएका छन् । स्थापितसँगै सिराहका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय एमालेको सचिवालय बैठकले गरेको हो ।

काठमाडौं महानगरपालिकाकाे पहिलाे मेयर हुँदा निकै चर्चा कमाएका स्थापित पछिल्लाे समय पटक पटक विवादमा समेत मुछिए ।

उनले अब पार्टीको सक्रिय राजनीतिलाई केही समयका लागि बिसाएर अध्ययन र थाती रहेका केही काम गर्ने योजना रहेको बताए।लामो समय एमालेकै राजनीति गरे पनि बीचबीचमा उनी पार्टी छाड्दै र गाँसिदै आएका थिए।

उनले जीवनमा नयाँनयाँ काम गर्नुपर्ने भन्दै अहिले यसैका लागि केन्द्रीय सदस्यको भूमिकाबाट अलग भएको बताए।

यसअघि २०५४ सालमा काठमाडौंको मेयर निर्वाचित भएका थिए। २०५९ सालमा एमाले र मालेको एकता भएसँगै उनी एमाले फर्किए।