‘बिदेशमै पुगेर मतदाता नामावलि सँकलन गर्दै छौ’- प्रमुख निर्बाचन आयुक्त थपलिया

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , स्थानीय निर्वाचन , १ वर्ष अगाडि

काठमाण्डौ, ३० साउन । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलनको प्रक्रिया सुरु भएको र विदेशमै गएर नामावली संकलनको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।
गैर आवासिय नेपाली सँघका कार्यकारी अध्यक्ष बद्रि केसी सँग आयोगमा भएको भेटमा प्रमुख निर्बाचन आयुक्त थपलियाले उक्त जानकारी दिनुभएको हो ।
संघका कार्यकारी अध्यक्ष बद्री केसीले विदेशमा रहेका नेपालीको मताधिकारको अधिकार कार्यान्वयनमा भइरहेको पछिल्लो प्रगति सम्बन्धमा राखेको चासोलाइ सँबोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो -‘आयोगले सम्बन्धित देशका सरकारी निकायसहित गैरआवासीय नेपालीसँग पनि सहकार्य र समन्वय गरेर मतदाता नामावली संकलन गर्ने छ । त्यसका लागि गैरआवासीय नेपाली संघले सहकार्य, समन्वय र सहजीकरण गर्नुपर्ने छ ।’
आयुक्त थपलियाले नामावली संकलन लगायतका लागि आवश्यक कानूनसहित केही आन्तरिक तयारी पूरा गरी आयोगले छिट्टै बाँकी काम सुरु गर्ने पनि जानकारी दिनुभयो ।
उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष केसीले संघका विभिन्न देशस्थित राष्ट्रिय समन्वय परिषद् र एनआरएनका प्रतिनिधि तथा अभियन्ता मार्फत आयोगको काममा सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । भेटमा आयोगका उपसचिव सूर्यप्रसाद गौतम ,संघका प्रवक्ता सोम सापकोटा र सरोज दाहालको उपस्थिति थियो ।