पेट्रोलियम पदार्थको मुल्य बढ्यो, अब पेट्रोलको १ सय ७८ तथा डिजेल र मट्टितेलको १ सय ६७

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , १ वर्ष अगाडि

काठमाडौँ,३१ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो ।
निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १सय ६७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ।इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले नेपालमा पनि मूल्य वृद्धि गरिएको हो ।