सुन तस्करी प्रकरणबारे छानविन समितिले प्रतिवेदन बुझायो

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा भित्र्याएको सुन प्रकरणबारे छानविन गर्न गठित समितिले आफ्नाे प्रतिवेदन बुझाएकाे छ ।

उक्त प्रतिवेदनमा भन्सारमा चेकजाँचमा कडा व्यवस्था गर्न र निलम्बनमा परेका कर्मचारीलाई कारबाही गर्नका लागि नीतिगत व्यवस्था गर्न अनुरोध गरिएकाे छ।

 भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा साउन ४ गते छानबिन समिति गठन गरिएको थियो। 

रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको एक क्विन्टल भनिएको सुन गत साउन ३ गते राजश्व अनुसन्धान विभागले विमानस्थलको गेटबाट ट्याक्सीमा बाहिरिदै गर्दा जफत गरेको थियो। 

एक क्विन्टल तस्करी सुन बरामत गरेको भनिएकोमा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले पगालेपछि भने सुनको परिमाण  घटेर ६० किलो ७ सय १६ ग्राम पुगेको छ।

यति ठूलो मात्रामा सुन कसरी पास भयो भनेर छानबिन गर्न विभागले समिति गठन गरेको थियो। भन्सारका कर्मचारीको संलग्नताबारे पनि छानबिन गरेको छ।