कन्फ्युज नहुनुहोस्,सुन प्रकरणको अन्तिम टुंगो सीआईबीले नै लगाउँछ : गृहमन्त्री श्रेष्ठ

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो सुन प्रकरणको अनुसन्धानको टुंगो सीआईबीले नै लगाउने बताएका छन्। 

आइतबार सिंहदरबारमा शीर्ष नेताहरूको बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री श्रेष्ठले सुन प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको र उसले नै निष्कर्षमा पुर्‍याउने दावी गरे।

गृहमन्त्री श्रेष्ठले भने, ‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ,’यसैले नै अन्तिम टुंगो लगाउँछ। यसमा कुनै कन्फ्युजन नहोस्।’

साउन २ गते त्रिभुवन विमानस्थलबाट  भन्सार चेकजाँच भइ बाहिरिएको ६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ।सुन प्रकरणमा सुरुमा राजश्व अनुसन्धान विभागले गरेपनि हाल सीआईबीले गरिरहेको छ। सो प्रकरणमा १८ बढि व्यक्ति पक्राउ परिसकेका छन्।

माेटरसाइकलकाे ब्रेकसु भित्र लुकाएर ल्याएकाे उक्त परिणामकाे सुन भन्सारबाट जाँचपास भएर बाहिरिएपछि बरामद गरिएकाे थियाे ।

सीआईबीले ललितानिवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा आइतबार बुझाउने भने पनि बुझाएन । अभिलेखीकरणको सबै काम नसकिएपछि सोमबार बुझाउने गरी तयारी गरिएको छ ।

ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरी शुक्रबार नै रायसहितको प्रतिवेदन बुझाउन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सीआईबीलाई आग्रह गरेको थियो ।