ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्रीदेखि वडासचिवसम्म गरी २८६ जना प्रतिवादी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

काठमाडाैं । प्रहरीले ललितानिवास जग्गा प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारदेखि तत्कालीन वडासचिव शिवजी भट्टराईसम्मलाई प्रतिवादी बनाउन सिफारिस गरिएको हो ।

सर्वाेच्च अदालतले यो प्रकरणका मुख्य निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न आदेश दिएकाे भए पनि प्रतिवादी बनाउन सिफारिस गरिएको छैन । सीआईबीले यी दुवै जनासँग बयान भने लिएकाे थियाे ।

सीआईबीले दिएको साे प्रतिवेदन हाल जिल्ला सरकारी वकिल कार्यालयले अध्ययन गरिरहेको छ । अब केही दिनमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने सरकारी वकिल कार्यालयको तयारी छ ।