टीकापुर जग्गा प्रकरणमा काे-काे मुछिए?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , १ वर्ष अगाडि

काठमाडाैं । ललितानिवास प्रकरण जसैगरी कैलालीकाे टीकापुरमा पनि मिलाेमताेमा करिब ६०० कट्ठा सरकारी जग्गा हत्याएको फेला परेको छ ।

टीकापुर विकास समितिका पदाधिकारीको यो कर्तुत ललितानिवास प्रकरण बिर्साउने खालको छ ।
टीकापुर बजार क्षेत्रको करिब ६०० कट्ठा सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तकाे नाममा वितरण गरेको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले यो तथ्य देखाएको हो । हालसम्म करिब ६०० जनासँग बयान लिएर प्रमाण जुटाउने काम भइरहेको छ ।

अख्तियारले प्रतिवेदन सार्वजनिक गरिनसकेकोले यसको विस्तृत विवरण बाहिर आउन बाँकी नै छ