काठमाण्डौ, भाद्र १६ । केहि सहकारी सँचालकले बेइमानी गरेकै कारण पछिल्लो समय सहकारीको साख धर्मराएको राटिय सहकारी महासँघका अध्यक्ष मिनराज कँडेलले बताउनु भएको छ । नव सिर्जनसिल बचत तथा ऋण सहकारी सँस्था चाबहिलको सोह्रौ बार्षिक साधारण सभालाई आज प्रमुख अतिथीको आसनबाट सँबोधन गर्दै अध्यक्ष कँडेलले उक्त कुरा बताउनु भएको हो ।
गाउँ गाउँ पुगेर बिपन्न बर्गलाई सँम्पन्न बनाउने, बेरोजगार लाई रोजगारीको मार्ग देखाउने, सिप बिहिनलाई सिप सिकाउने तथा कृषकलाई प्रोत्साहन साथ र सहयोग दिदै आएका बिभिन्न सफल सहकारीका उदाहरण दिदै सहकारीमा केहि लोभिपापीले बद्नियत राख्दा समग्र सहकारीले बदनामीको खोल ओड्नु परेको पनि अध्यक्ष कँडेलले जानकारी गराउनु भयो ।
सँस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै कार्यक्रमका सभापती तथा नव सिर्जनसिल बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष बिश्वनाथ अर्यालले सहकारीको शाख बृद्धि तथा सदस्यमैत्री सहकारी बनाउन सबै सँचालक जिम्मेवार बन्नुपर्ने बताउनु भयो । आधारभुत नीति, बिधि र प्रबिधीको बिकास सँगै आबश्यक मानब सँसाधनको समेत बृद्धि र बिकास गरी नब सिर्जनसिल सहकारीलाई सहकारी क्षेत्रको बिषम परिस्थीतीमा पनि चलायमान राख्न आफूहरु सफल रहेको जानकारी गराउनू भयो ।
समृद्ध सदस्य सहितको सबल र सुरक्षित बित्तिय सहकारीको परिकल्पना सहितको ४ बर्षे रणनितिक र ब्यबसायीक योजना तयार गरेको जानकारी दिदै अध्यक्ष अर्यालले साधारण सभामा २८ बुँदे प्रगति प्रतिबेदन पेश गर्नु भएको थियो ।
उपाध्यक्ष राम प्रसाद लुइटेलले स्वागत गरेको साधारण सभालाई बागमती प्रदेश सभा सदस्य श्रीराम लामिछाने, काठमाण्डौ बचत तथा ऋण सहकारी सँघका सँचालक सदस्य बिनिता अधिकारी लगायतले सँबोधन गरेका थिए । साथै कार्यक्रममा उत्कृष्ट शैक्षिक सम्मान, उत्कृष्ट कारोबार गर्ने सदस्य तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।