कोशीमा पुनः एमालेको सरकार बन्ने, काँग्रेसका थापा पदमुक्त

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , १ वर्ष अगाडि

काठमाडौँ ,२१ भाद्र । कोशी प्रदेशमा पुनः एमाले सँसदिय दलका नेता हिक्मत कार्की मुख्य मन्त्री बन्ने भएका छन । सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धब थापाले पाएको विश्वासको मत बदर गरि सँसदमा सबैभन्दा ठुलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै कार्कीको पुनः मुख्मन्त्री बन्ने बाटो खुलेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको थियो ।