काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आसन्न चीन भ्रमणबारे संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूसँग छलफल गर्नुभएको छ ।
आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उहाँले छलफल गर्नुभएको हो ।
चीनले जारी गरेकाे नयाँ नक्सामा नेपालकाे पुरानै नक्सा कायम गरेकाे भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त भइरहँदा प्रधानमन्त्रीकाे आसन्न चीन भ्रमण त्याे कुरा पनि उठाेस् भन्ने धेरैकाे धारणा रहेकाे थियाे । उक्त छलफलमा परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।
प्रधानमन्त्री दाहालले आजै साँझ परराष्ट्र विज्ञहरूसँग छलफल गर्नुहुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।