नेम्वाङको निधनले स्तब्ध भएकाे छु: देउवा

NewsBankNepal MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १२ महिना अगाडि

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले स्व नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।