भारत र श्रीलङ्कामा कस्ले हात पार्ला एसिया कपको उपाधि ?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Sports/खेलकुद , १ वर्ष अगाडि

काठमाडाैं । एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ । रोहित शर्माले भारतको र श्रीलङ्काको दासुन शानकाले कप्तानी गर्नेछन् ।

नेटरनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलङ्काले २०२२ मा टी-२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए।

यसअघि भारतले ७ पटक र श्रीलङ्काले ६ पटक एसिया कपकाे उपाधि जितिसकेका छन् ।