श्रीलंकालाई हराउँदै भारतले जित्याे एसिया कपको उपाधि

NewsBankNepal News/समाचार , Sports/खेलकुद , १ वर्ष अगाडि

 काठमाडाैं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकालाई १० विकेटले हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको हो । 

५१ रनको झिनो लक्ष्य भारतले मात्र ६ ओभर १ बलमा बिना विकेटको क्षतीमा पुरा गर्यो । भारतका लागि इशान किशनले २३ र शुभमन गिलले २७ रन बनाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रनमा अलआउट भयो । 

श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।भारतका लागि मोहमद सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए ।