सन्दीपविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले भदौ २१ गते पीडित किशोरी र उनको परिवार एक स्थानीय तहबाट बसाइँ सराइ गर्दा पेश गरिएको कागजात माग गरेको थियो ।
सन्दीपले पीडित (गौशाला-२६) घटना भएको दिन १८ वर्ष उमेर पूरा भइसकेको भनेर प्रमाणको रुपमा केही कागजात पेस गरेका थिए ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा सन्दीपलाइ जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएकाे थियाे । तर, उच्च अदालतको आदेशबाट उनी कारागारमुक्त भएर मुद्दा लड्दै अाएका छन्। सर्वोच्च अदालतले छिटो मुद्दा टुंग्याउन आदेश दिएको भए पनि मुद्दाको सुनुवाइ पटक पटक सर्दै आएको छ।