काठमाण्डौ, ८ असोज । राप्ती प्यालेसमेन्ट म्यानपावरका सञ्चालक रवीन्द्र अधिकारी पक्राउ परेका छन् । बैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ४ जनाबाट २७ लाख भन्दा धेरै रकम ठगी गरेको अभियोगमा आज काठमाण्डौको बसुन्धाराबाट पक्राउ गरिउको हो ।
वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिने र त्यहाँ फुड प्याकिङको काममा महिनाको एक लाख रुपैयाँ कमाइ हुने भन्दै चार जनाबाट २७ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनलाई प्रहरीले आज पक्राउ गरेको हो ।
म्यानपावरका सञ्चालक अधिकारीले प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने बताएका थिए । तर पटक पटक गरी चारै जनाबाट २७ लाख २५ हजार रुपैयाँ हात परेपछि सम्पर्क विहीन भएको पिडितहरुको आरोप छ ।
रकम लिएर म्यानपावरका सञ्चालक फरार भएपछि पीडित प्रेम तामाङसहित चार जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । पीडित श्रमिकको उजुरीको आधारमा विभागले रवीन्द्रको खोजी गरी उपस्थित गराइदिन प्रहरीलाई अनुरोध गरेको थियो ।
भरतपुर महानगरपालिका ६ चितवनक ४२ वर्षीय अधिकारीलाइ पक्रउ गरी थप अनुसन्धानका लागी बिभागको कार्यालय ताहाचल पठाएको प्रहरीश्रोतले जानकारी दिएको छ ।