दोहा, ११ असोज । २ बर्षे कार्यकालमा २४ काम गर्ने बचापत्र सार्बजनिक गर्दै कतारबाट राजेन्द्र कुमार शर्माले गैरआवासिय नेपाली सँघको अध्यक्ष पदमा उम्मेद्धवारी दिने औपचारीक घोषणा गरेका छन ।“गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा तयगरी शर्माले मध्यपुर्बका एनआरएनएका प्रतिनिधी साक्षी राख्दै बाचा पत्र सार्बजनिक गरेका हुन । दोहा स्थित र्र्याडिसन होटलमा आयोजित उम्मेद्धवारी घोषण सभामा एनआरएन उपाध्यक्ष डिबि क्षेत्री,उपाध्यक्ष रोविन्द प्रसाद श्रेस्ठ,महिला उपाध्यक्ष यास्मीन वेगम,महासचिव गौरी राज जोशी,सचिव खगेन्द्र न्यौपाने,एनआरएनए सह कोषाध्यक्ष टंक गैरे,एनआरएनए अभियन्ता राजु सैयद,कल्याण श्रेष्ठ,मध्यपुर्व संयोजक मनोज गोर्खाली र राजेन्द्र अर्याल,एनसिसी युएईका पुर्व अध्यक्ष रमेश श्रेष्ठ,एनसिसी युएईका अध्यक्ष बिकास शाही,एनसिसी साउदीका अध्यक्ष रविना अर्याल,एनसिसी बहराईनका अध्यक्ष राजु श्रेष्ठ,एनसिसी ओमानका अध्यक्ष विकल झा,एनसिसी ईराकका अध्यक्ष विनोद श्रेष्ठ,एनसिसी कुवेतका अध्यक्ष रण लामा,अन्तरास्ट्रिय चितवन समाजका अध्यक्ष समिर केसीलगाएत एनआरएनए अभियन्ता, कतारमा स्थापित बिभिन्न सँघसँस्थाका प्रतिनिधी साक्षी राखेर शर्माले एनआरएनएको अध्यक्षमा दाबी गरेका हुन ।

सन २००५ देखी गैरआवासिय नेपाली सँघको अभियानमा होमिएका शर्माले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरिसकेका छन । संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताएका छन । आफुले ल्याएको योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा फुटेको होइन, जुटेको एनआरएन बन्ने दाबी समेत गरे ।
बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, “मैले आइसिसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।”
“अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले त तपाई हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्र खोजेको मात्र हुँ ।” उनले थप जोड दिंदै भने, “मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।” आफुले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने शर्माले जानकारी दिए ।

शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । अब गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भईसकेको उनले जिकिर गरे ।
शर्मा सँगै अध्यक्षको प्रतिस्पर्धामा बर्तमान अध्यक्ष द्धवय डा. बद्रि केसी र रबिना थापा तथा उपाध्यक्ष महेश्वर श्रेष्ट मैदानमा उत्रने तयारीमा छन । श्रेष्टले गतहप्ता हिमालय होटल कुपण्डोलबाट उम्मे४वारी घोषणा गरेका थिए भने थापाले आज र्याडीसन होटल लाजिन्पाटबाट घोषणा गर्दैछिन । डा. केसी पनि केहिदिनमै उम्मेद्धवारी घोषणा गर्ने तयारीमा रहेको बुझिएको छ ।

