‘आर्थिक मन्दीले समाजमा निराशा र अराजकता बढ्यो’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले देशमा आर्थिक संकटबाट उत्पन्न भएकाे जनाउँदै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउँदै मुलुकको मुख्य समस्या आर्थिक मन्दी रहेको र त्यसकै कारण समाजमा अराजकता बढ्दै गएकाे बताएका छन् ।

सरकारले भ्रष्टाचार र सुशासनका पक्षमा लिएका कदमको जनस्तरबाट समर्थन भए पनि आर्थिक क्षेत्रको समस्या समाधानमा भने सरकारको ध्यान नपुगेको एकीकृत समाजवादीले बताएको छ ।

उत्पादन र आयात घटेको, युवा र दक्ष जनशक्ति विदेश पलायन भएको, पुँजीगत खर्च घटेको, बैंकमा पर्याप्त रकम भए पनि ब्याजदर बढी भएर लगानी घटेको उसको दाबी छ । उद्योग व्यवसाय आम रुपमा घटेको, उद्योगी व्यवसायीमा निराशा देखिएको र रोजगारी गुम्दै गएको पनि ध्यानाकर्षणपत्र पत्रमा उल्लेख गरिएको छ ।