आलापोटमा ६ सय ३३ जनाको निःशुल्क आँखा परिक्षण, १ सय १० प्रिन्ट रक्तदान

Dipak Pudasaini Education , Latest Update , News/समाचार , प्रदेश , स्वास्थ्य , १ वर्ष अगाडि

काठमाण्डौ, १३ असोज । कागेश्वरी मनोहरा नगरपालिका २ आलापोट, कृष्णचौरमा ६ सय ३३ जनाको निःशुल्क आँखापरिक्षण गरिएको छ ।

तिलगँगा आँखा प्रतिष्ठानको प्रबिधिक सहयोग, नेशनल ओपन स्काउट क््रयू मुलपानीको ब्यबस्थपकिय सहयोग तथा गणनायक कृषि सहकारी सँस्था र कागेश्वरी मनोहरा नगरपालिका वडा नँ २ को आयोजनामा भएको निःशुल्क आँखा परिक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।


नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको समन्वयमा भएको उक्त कार्यक्रममा १ सय ३३ जनालाई निःशुल्क चस्मा बितरण गरिएको थियो ।

आँखा परक्षणको क्रममा मोतिबिन्दु भएका २१ जनाको तिलगँगा आँखा प्रतिष्ठान काठमाण्डौमा निःशुल्क शल्यक्रिया हुने नेशनल ओपन स्काउट क््रयू मुलपानीका राष्टिय प्रशिक्षक बिदुर गिरीले बताउनु भएको छ ।


त्यसैगरी उक्त कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा सभापति बासुदेब पौडेलले जानकारी दिनु भएको छ । सभापती पौडेलका अनुसार आँखा जाँचका क्रममा मोतिबिन्दू देखीएका २१ जनाको निःशुल्क शल्यक्रियाको लागी नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले आबश्यक समन्वय गर्ने छ ।