सिक्किममा बाढीले बगाउँदा २३ सैनिक बेपत्ता, खोज कार्य जारी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , प्रवास , १ वर्ष अगाडि

काठमाडाैं । टिस्टा नदीको बाढीले बगाउँदा २३ जना भारतीय सैनिक वेपत्ता भएका छन् ।वेपत्ता सैनिकहरुको खोजी भइरहेको बताएकाे छ ।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५–२० फिटसम्म सतह बढेको थियो ।जसका कारण सिङ्ताम नजिकै बर्दाङमा पार्किङ गरिएका सेनाका सवारीसाधन प्रभावित भएका छन् ।

हाल २३ जना कर्मचारी बेपत्ता र केही सवारी साधन माटोमा डुबेको जनाइएको छ ।