७४ पदमा निर्बाचन हुने एनआरएनको महाधिबेशनमा ४ हजार २ सय २७ मतदाता

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , स्थानीय निर्वाचन , १ वर्ष अगाडि

काठमाण्डौ, १७ असोज । गैर आवासिय नेपाली सँघ (एनआरएनए)को आगामी ३० असोज देखी २ कार्तिक सम्म हुने ११ औ अन्तराष्टिय महाधिबेसको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । निर्बाचन समितीले हिजो साँझ प्रकाशन गरेको नामावली अनुसार महाधिबेसनमा ४ हजार २ सय २७ जना मतदाता रहने छन ।


जस अनुसार अफ्रिका क्षेत्रमा रहेका १० देशबाट १ सय १९ जना मतदाता रहने छन भने अमेरिकाज क्षेत्रका ३ देशबाट ४ सय ३५ जना मतदाता रहने छन । एसिया प्यासिफिक क्षेत्रका ८ देशबाट ७ सय २३ मतदाताको टुँगो लागेको छ भने सबैभन्दा बढी युरोपका २४ देशबाट १ हजार ६ सय ८६ मतदाता छानिएका छन । मध्यपूर्बका ८ देशबाट ९ सय ३९ तथा ओसियाना क्षेत्रका ३ देशबाट ३ सय ४ जना मतदाताको नाम प्रकाशित गरिएको छ । यसैगरी अध्यक्ष मण्डलले बिभिन्न देशबाट २१ जना मतदाता छानेका छन ।
छनौट भएका मतदाता मध्धे दछिण अफ्रिकाबाट सबैभन्दा कम २ जना र सँयुक्त राज्य अमेरिकाबाट सबैभन्दा बढी २ सय ४८ जना छन । त्यसैगरी अष्टेलियाबाट भने २ सय ४८ कतारबाट २ सय ६ तथा जापानबाट २ सय जना मतदाता छन ।
एकताको महाधिबेशन नाम दिइएको अबिधेसनमा ७४ पदका लागी निर्बाचन हुने निर्बाचन समितीले जानकारी दिएको छ ।
हालसम्म ५ जनाले अध्यक्षमा दाबी गर्दै मत माग्न बिश्वभ्रमणमा निस्केका छन भने अन्य पदमा पनि दिनहुँ नयाँ नयाँ उम्मेद्धवारहरुले सामाजिक सन्जाल मार्फत पदाधिकारीमा आकाँक्षा दर्शाइ रहेका छन ।