सरकारले जनयुद्ध दिवस मनाउने,फिर्ता लिन ओलीले दिए अल्टिमेटम

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे चर्काे विराेधका बाबजुध पनि सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवंसरकारका प्रवक्ता रेखा शर्माले जनताको बलिदानलाई सम्मान गरेर नै अहिलेको व्यवस्थाको जग जनयुद्ध नै भएको भन्दै जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी हुन्।

जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने भन्दै उनले जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न नभएको भए अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्भव नहुने उनको भनाइ छ ।

उनले जनयुद्ध कुनै खास पार्टी र व्यक्तिको विषय नरहेको स्पष्ट पार्दै सरकारले गरेको निर्णयबाट फिर्ता हुने सम्भावना नरहेको बताइन्।

मंगलबारकाे संसद बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसको सार्वजनिक विदा कटौती गर्न माग गरेका थिए ।