इजरायलमा मारिएका नेपालीको शव ल्याउन केही ढिलाई हुने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , २ वर्ष अगाडि

काठमाडाैं । इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बुधवार अपरान्ह पत्रकार सम्मेलन गरी इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याइने हुँदा केही ढिलाई हुने संकेत गरेकी हुन् ।

यद्पी उनले उनीहरुको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरु इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पारे ।उनले भनिन्, सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रुपमा राखिएको छ ।

नेपाल फर्कन चाहनेहरुलाई ल्याउन बुधवार (आज) राति नेपाल एयरलाईन्सको वाइडबडी विमान त्यसतर्फ पठाइएकाे छ । इजरायलमा नेपालको नियमित उडान हुने गरेकाे छ ।