काठमाण्डौ २५ असोज । कतारको हमाद बिमानस्थलमा कार्यरत नेपालीहरुको सँस्था सद्भाब युवा समाजले चितवनको बिकट गाउँ वक्राङका चेपाङ समुदायका करिव ६० घरधुरीलाई नजिकिदै गरेको बडादशैं २०८० को शुभकामना सहित दशैं उपहार स्वरुप राहत बितरण गरेका छन ।

समाजका महासचिब बिजय गुरुङ का अनुसार सदभाव युवा समाज कतार र सदभाव युवा समाज नेपालको संयुक्त आयोजनामा चितवन राप्ती नगरपालीका वडा नं १२ स्थित एउटा विकट ठाउँ वक्राङका चेपाङ समुदायलाई स्थानिय जन प्रतिनिधी तथा समाजसेबीहरुको रोहबरमा खाद्यान्न वितरण गरेको हो । खाद्यान्न वितरण गर्न समाजका नेपालका पदाधिकारी तथा सदस्यहरु बिकट बस्ती वक्राङ पुगेका थिए ।

