इजरायलमा नेपालीकाे शव प्रमाणीकरण सकिने बित्तिकै नेपाल ल्याइने : मन्त्री साउद

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहद्वारा मारिएका पाँचजना नेपालीको शवको प्रमाणीकरणको काम सुरु भएको र सकिने बित्तिकै नेपाल ल्याइने बताउनु भएको छ । 

सुदूरपश्चिम पत्रकार समाजद्वारा सोमबार आयोजित दसैँ, तिहार, छठ तथा नेपाल स‌‌वतकाे अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । इजरायल घटनामा सबैभन्दा बढी क्षति सुदूरपश्चिमलाई भएको चर्चा गर्नुहुँदै नेपालीको उद्धार तथा अन्य काममा सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । 

हमास समूहले बन्धक बनाइ बेपत्ता पारेको भनिएको विपिन जोशीको पहिचानका लागि सरकारको तर्फबाट सबै पहल भएको र अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घ संस्थालाई समेत त्यसका लागि आग्रह गरिएको उहाँले प्रष्ट पार्नुभयो । त्यहाँ रहेका नेपाली विद्यार्थी सरकारको सम्पर्कमा रहेको र थप विद्यार्थी पनि अनलाइनमार्फत सम्पर्कमा आइरहेकाले आवश्यक परेमा जतिसुकैबेला नेपाल ल्याउन सरकार तयार रहेको उहाँले बताउनुभयो ।